काठमाडौं । सेयरबजार बुधबार सामान्य घटेर बन्द भएको छ । कारोबार मापक नेप्से परिसूचक १.९४ अंकले घटेर २८३२.०६ विन्दुमा बन्द भएको छ ।
कारोबार भएका २५० कम्पनीमध्ये ११२ वटाको सेयरमूल्य बढेको छ भने १३८ वटाको घटेको छ ।
कारोबार रकम हिजोअस्तिको तुलनामा घटेको छ । बुधबार सात अर्ब ६३ करोड रुपैयाँ बराबरको दुई करोड १६ लाख ५७ हजार कित्ता सेयर किनबेच भएको छ ।
लगानी, लघुवित्त, र अन्य समूह बढेका छन् । बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा समूह घटेका छन् ।
विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरकारोबार सकारात्मक सर्किट लेबलमा भएको छ । महुली लघुवित्त र ट्रेड टावरको सेयरमूल्य पनि ९.९९ प्रतिशत बढेर बन्द भएको छ । सबैभन्दा धेरै थ्रिस्टार हाइड्रोपावरको सेयरमूल्य ३.७८ प्रतिशत घटेको छ । ङादि ग्रुप पावरको सेयरकारोबार सबैभन्दा धेरै २९ करोड ४५ लाख रुपैयाँको भएको छ ।
