बैंकको खबर । मिथिला लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८१/८२ मा आफ्नो नाफा बढाएको छ । लघुवित्तले सार्वजनिक गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार संस्थाको नाफा अघिल्लो वर्षको तुलनामा राम्रो वृद्धि भएको छ।
लघुवित्तले ८ करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ७७ प्रतिशत बढी हो । आर्थिक वर्ष २०८०/८२मा लघुवित्तले ४ करोड ७५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेपछि नाफामा सुधार देखिएको हो ।
लघुवित्तको प्रतिशेयर आम्दानी यो १३ रुपैयाँ ३२ पैसा बढे। ३७ रुपैयाँ ५८ पैसा पुगेको छ। यस्तै प्रतिशेयर नेटवर्थ १९१ रुपैयाँ २९ पैसा र मूल्य-आम्दानी अनुपात ४२.५५ गुणामा कायम भएको छ।
२२ करोड ३९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको जगेडा कोषमा २० करोड ४४ लाख रुपैयाँ सञ्चित छ।
