बैंकको खबर । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा सुधार गर्दै नाफा आर्जन गरेको छ । लघुवित्तले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२को वित्तीय विवरण अनुसार सो वर्ष बैंकले ६ करोड ३८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । आर्थिक वर्ष २०८०/८१मा ५ करोड २९ लाख रुपैयाँ नोक्सानीमा थियो ।
लघुवित्तको वितरणयोग्य मुनाफा ४ करोड ७५ लाख रुपैयाँ तथा वितरणयोग्य प्रतिशेयर आम्दानी ६ रुपैयाँ ५९ पैसा रहेको छ ।
नाफा बढ्नुमा मुख्य कारण खुद ब्याज आम्दानीमा ६१.८३ प्रतिशत वृद्धि र ३ करोड ५ लाख रुपैयाँको इम्पेरमेन्ट चार्ज रिभर्स हुनु हो । साथै, खुद फि तथा कमिशन आम्दानी ४२.२५ प्रतिशत र सञ्चालन मुनाफा ५९.२२ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्ष ऋणात्मक रहेको सञ्चालन मुनाफा गत आर्थिक वर्षमा धनात्मक बनेको छ ।
लघुवित्तको प्रतिशेयर आम्दानी ८ रुपैयाँ ८५ पैसा र प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ ६१ पैसा पुगेको छ ।
७२ करोड १४ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले २९ करोड २९ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित गरेको छ ।
