बैंकको खबर । सिद्धार्थ बैंकले आर्थिक वर्ष २०८१/८२मा ३ अर्ब ३९ करोड रुपैयाँ कमाएको छ । जुन आथिल्लो आर्थिक वर्षको तुलनामा १०.२४ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकको नाफा ३ अर्ब ८ करोड रुपैयाँ थियो ।
बैंकको वितरणयोग्य नाफा भने अघिल्लो वर्षको तुलनामा २२० प्रतिशतले बढेर १ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । डिबेन्चर रिडेम्सन रिजर्भमा १ अर्ब ४६ करोड रुपैयाँ छुट्याएपछि पनि बैंकले १३.२२ प्रतिशतसम्म लाभांश वितरण गर्न सक्ने आधार तयार भएको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य मुनाफा ५८ करोड रुपैयाँ मात्र थियो ।
खुद ब्याज आम्दानी, सेवा शुल्क र सञ्चालन आम्दानीमा वृद्धि हुँदा नाफामा सुधार देखिएको हो ।
बैंकको निक्षेप संकलन १६.१६ प्रतिशतले बढेर २ खर्ब ८० अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ९.७६ प्रतिशतले वृद्धि भई २ खर्ब १४ अर्ब रुपैयाँमा पुगेको छ ।
बैंकको१४ अर्ब ९ करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा १६ अर्ब ९० करोड रुपैयाँ छ । बैंकले १ अर्ब ३१ करोड रुपैयाँ कर्जा नोक्सानीको लागि प्रोभिजनिङ गरेको छ ।
बैंकको प्रतिशेयर आम्दानी २४ रुपैयाँ १० पैसा, प्रतिशेयर नेटवर्थ २१९ रुपैयाँ ९७ पैसा, मूल्य–आम्दानी अनुपात १५.९३ गुणा रहेको छ । यस्तै बैंकको खराब कर्जा २.१७ प्रतिशतबाट बढेर २.६२ प्रतिशत पुगेको छ ।
