काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। आज छापावाल सुन प्रतितोला एक हजार रुपैयाँले बढेर एक लाख ९९ हजार ४०० रुपैयाँ पुगेको छ, जुन अहिलेसम्मकै उच्च मूल्य हो।
बिहीबार सुन प्रतितोला एक लाख ९८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी तोलामा १० रुपैयाँ बढेर दुई हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको छ।
