बैंकको खबर । कृषि विकास बैंकले गत आर्थिक वर्षमा ४ अर्ब १५ करोड ४४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४३.३९ प्रतिशत धेरै हो । आर्थिक वर्ष २०८०/८१मा बैंकले २ अर्ब ८९ करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो।
बैंकको वितरणयोग्य मुनाफा २ अर्ब ८७ करोड ७९ लाख रुपैयाँ छ। यस अनुसार बैंकको प्रतिशेयर लाभांश वितरण क्षमता १८ रुपैयाँ ४२ पैसा छ।
बैंकको खराब कर्जा ३.९१ प्रतिशतबाट घटेर ३.२६ प्रतिशतमा झरेको छ । बैंकको प्रतिशेयर आम्दानी २७ रुपैयाँ ६३ पैसा, मूल्यआम्दानी अनुपात ११.८४ गुणा र प्रतिशेयर कुल सम्पत्ति मूल्य २५४७.७९ रुपैयाँ कायम भएको छ ।
