बैंकको खबर । सिटिजन्स बैंक इन्टरनेशनलले गत आर्थिक वर्ष २०८१/८२को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकले एक अर्ब २९ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २.०८ प्रतिशतले कम हो। आर्थिक वर्ष २०८०/८१मा बैंकले एक अर्ब ३२ करोड ७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
नाफा घटेपनि वितरण योग्य मुनाफा भने बढको छ । अघिल्लो आर्थिक वर्षमा ६१ करोड ३२ लाख रुपैयाँ वितरणयोथ्य मुनाफा रहेकोमा गत आर्थिक वर्षमा बढेर ७७ करोड ५४ लाख रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर वितरणयोग्य मुनाफा ५ रुपैयाँ २५ पैसा रहेको छ।
खराब कर्जा ४.१० प्रतिशतबाट बढेर ४.९४ प्रतिशत पुगेको देखिन्छ ।
बैंकको प्रतिशेयर आम्दानी पनि ९ रूपैयाँ ३० पैसाबाट घटेर ८ रूपैयाँ ७६ पैसामा झरेको छ । यस्तै प्रतिसेयर नेटवर्थ १५५ रूपैयाँ ४२ पैसा पुगेको छ। त्यस्तै मूल्य आम्दानी अनुपात २६.०२ गुणा छ ।
