काठमाडौं । शेयरबजार परिसूचक नेप्से मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा झरेको छ । नेप्सेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । मंगलबार ६ अर्ब ९१ करोड ८९ लाख रुपैयाँ बराबरको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर किनबेच भएको छ ।
कारोबार भएका २५० कम्पनीमध्ये २२५ वटाको शेयरमूल्यमा गिरावट आएको छ । २४ वटाको शेयरमूल्य बढेको छ भने एक वटाको स्थिर रहेको छ ।
होटल तथा पर्यटन बाहेक सबै समूहका सूचक घटेका छन् ।
सिटि होटलको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सिक्लेस हाइड्रोपावरको शेयरमूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
नेपाल रिइन्स्योरेन्सको शेयरकारोबार सबैभन्दा धेरै २६ करोड ७७ लाख रुपैयाँ बराबरको भएको छ ।
बजार पुँजीकरण ४६ खर्ब ६९ अर्ब रुपैयाँ कायम भएको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि १५ खर्ब ८२ अर्ब रुपैयाँ कायम भएको छ ।
