काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ३ हजार रुपैयाँ बढेर नयाँ कीतिमान मूल्य कायम गरेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला २ लाख ३ हजार ६०० रुपैयाँ कायम भएको छ। यो हालसम्मकै उच्च हो।
गत शुक्रबार सुनको कारोबार प्रतितोला २ लाख ६०० रुपैयाँमा भएको थियो ।
आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले बढेर २ हजार ४२५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्यमा पनि नयाँ कीर्तिमान कायम भएको छ ।
