बैंकको खबर । माछापुच्छ्रे बैंकले आर्थिक वर्ष २०८१/८२को अन्त्यसम्म रहेको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजीको ८ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने भएको छ ।
बैंक सञ्चालक समितिको भदौ १३ गते बसेको बैठकले सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कुल लाभांशमध्ये ४ प्रतिशत बोनस शेयर र ४ प्रतिशत नगद लाभांश वितरण हुनेछ ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसुभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ ।
