काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउन्दै गएको छ । आज (बुधबार) सुनको मूल्य हिजोको तुलनामा प्रतितोला २००० रुपैयाँ बढेर २ लाख ७ हजार ९०० रुपैयाँ पुगेको छ । हिजो मंगलबार सुन प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य भने बुधबार प्रतितोला ५ रुपैयाँ घटेर २ हजार ४८० रुपैयाँमा कारोबार भएको छ ।
विश्वभर अमेरिकी करको असर, व्यापारिक द्वन्द्व र अमेरिकी केन्द्रीय बैंकले ब्याजदर घटाउने सक्ने अनुमानकाबीच लगानीकर्ताले सुनमा लगानी बढाउँदा माग बढ्न गई मूल्य बढेको देखिन्छ । यसबाहेक ब्रिक्स राष्ट्रहरुले सन् २०२६भित्र ब्रिक्स करेन्सी निर्माण गरी ब्यापार थाल्ने कोसिस गरिरहेको र यसले भविश्यमा डलर कमजोर हुन सक्ने खतरा बढ्दै गएकाले लगानीकर्ताहरुले सुरक्षित लगानीको लागि सुनलाई छानेका छन् । यसैको प्रभाव सुनको मूल्यमा परेको हो ।
