बैंकको खबर । कामना सेवा विकास बैंकले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ ।
आइतबार (२०८२ भदौ २२ गते) बसेको बैंक सञ्चालक समितिको बैठकले १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसमध्ये १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.७८९५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
सञ्चालक समितिको लाभांश वितरण गर्ने प्रस्ताव नियामक नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
