काडमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु आदेश जारी भएको क्षेत्र बढाएको छ । सोमबार अपराहन्न १ बजेदेखि रातीको १० बजेसम्म राष्ट्रपति, प्रधानमन्त्री र सिंहदरबार क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो ।
प्रशासनले राष्ट्रपति र प्रधानमन्त्री निवासको क्षेत्र आसपास र सिंहदरबार क्षेत्रमा आवतजावत गर्न, कुनै प्रकरणको भेला जुलुस र प्रदर्शन गर्न नपाउने गरि कर्फ्यु आदेश जारी गरेको हो ।
यसअघि प्रशासनले जेनजीको आन्दोलनका प्रदर्शनकारी संसद भवन भित्र छिरेपछि काठमाडौँको बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको थियो ।

