काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले राष्ट्पति निवासमा पनि आगजनी गरेका छन् ।
प्रदर्शनकारीहरूले राजधानीका प्रमुख सत्ता संरचनामाथि आगजनी गरेका छन्।
उग्र बनेका युवाहरूले मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगो लगाएका छन्।
यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतसहित पार्टीका शीर्ष नेताका घर र कार्यालयमा पनि आगजनी गरेका थिए ।
