काठमाडौँ । सर्वोच्च अदालतमा पनि आगजनी भएको छ । जेनजी आन्दोलनकारीले सिंहदरबारस्थित सर्वोच्च अदालत र महान्यायाधिवक्ताको कार्यालयमा आगजनी गरेका हुन् ।
यसअघि आन्दोलनकारीले राष्ट्रपति निवासरहेको शित्तल निवास, सिंहदरबार र संसद भवनमा पनि आगलागी गरेका थिए ।
त्यस्तै प्रमुख तीन दलका पार्टी कार्यालय र नेताका घरमा पनि आगजनी गरेका छन् ।
