काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज बेलुकी ६ बजेसम्म बन्द रहने भएको छ । देशभर निषेधाज्ञा र कर्फ्यू जारी भएका कारण विमानस्थल बन्द गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार निजी वायुसेवाका हेलिकप्टर, आन्तरिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरू स्थगित भएका छन् ।
