काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेल आक्रमणमा नपरेको उनको सचिवालायले दाबी गरेको छ ।
सचिवालयले विज्ञप्ति जारी गर्दै मंगलबार उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक भएकोजनाएको छ । सचिवालयले उनीमाथि कुनैपनि आक्रमण नभएको बताएको हो ।
सचिवालयले भनेको छ, ‘२०८२ साल भदौ २४ गते उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई आक्रमण गरिएको भन्दै फैलाइएका भिडियो तथा हल्लाहरू भ्रामक हुन् । उहाँमाथि कुनै आक्रमण भएको छैन ।’
