काठमाडौँ । काठमाडौँको डिल्लीबजार कारागारमा तनाव भएको छ ।
कारागारका कैदीले आगजनी गरेर बाहिर निस्किएपछि नेपाली सेनाले हस्तक्षेप गरेको छ ।
कैदीहरुले देशको विशेष परिस्थितिमा आफुहरु बाहिर आउनुपर्ने भन्दै आगजनी गरेका थिए । अहिले कारागार भित्र आगो लागेको छ भने सेनाले कैदीहरुलाई बाहिर आउन रोकेपछि अवस्था तनावग्रस्त बनेको छ ।
