काठमाडौँ । जेनजी आन्दोलनपछि आज नेपाली सेनाले देशको अवस्था आफ्नो हातमा लिएको छ । परिस्थिति विस्तारै सहज बन्दै गएको छ ।
देशको विषम परिस्थितिमा अत्यावश्यक सेवा प्रवाहका लागि राज्यका सम्बन्धित संयन्त्रबीच समन्वय र सहजीकरणका लागि मुख्य सचिव एकनारायण अर्यालको नेतृतवमा सबै मन्त्रालयका सचिव सम्मिलित भर्चुअल बैठक बस्न लागेको छ ।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार अत्यावश्यक सेवामा कुनै कमी हुन नदिन र सहज सेवा प्रवाहका लागि भर्चुअल बैठक बस्न लागेको हो ।
