काठमाडौं । नेपाली बजारमा आज (असोज ५ गते आइतबार) सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ११ सय रुपैयाँले बढेर तोलाको २ लाख १७ हजार १ सय रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मकै उच्च हो ।
यस अघि भदौ ३१ गते पनि यहि मूल्यमा कारोबार भएको थियो । यसअघि शुक्रबार सुन तोलाको २ लाख १६ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ४० रुपैयाँले बढेर २६२० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २५८० मा कारोबार भएको थियो ।
