काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण आइतबारसम्म बीमा कम्पनीहरूमा २२ अर्ब २५ करोड रुपैयाँबराबरको बीमा दाबी दर्ता भएको छ।
बीमा प्राधिकरणले दिएको जानकारीअनुसार सबैभन्दा धेरै दाबी द ओरियण्टल इन्स्योरेन्समा परेको छ, जसमा ५ अर्ब २२ करोड रुपैयाँ बराबरको दाबी आएको छ । त्यसपछि सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा ५ अर्ब ८ करोडको दाबी दर्ता भएको छ ।
ट्रष्ट माइक्रो इन्स्योरेन्समा सबैभन्दा कम ४१ करोड ५० लाख रुपैयाँको दाबी परेको छ।
भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिदेखि व्यवसायिक भवन, होटल र निजी घरमा तोडफोड तथा आगजनी भएको थियो बीमा प्राधिकरणले छिटो बीमा दाबी गर्न प्रभावित पक्षलाई आग्रह गरिसकेका छ ।
सरकारी उदासिनताका कारण सार्वजनिक सम्पत्तिहरूमा बीमा नगरीएका कारण त्यस प्रकारका क्षतिहरूको दाबी भने बीमा कम्पनीहरूमा पर्न सकेको छैन।
आइतबारसम्म बीमा कम्पनीहरूमा दर्ता भएका दाबीमध्ये सम्पत्ति बीमाका ५३८, मोटर बीमाका १,७७८, इन्जिनियरिङ तथा ठेकेदार जोखिमका १३२, परिवहन बीमाका ११ र अन्य बीमाका १९ दाबी रहेका छन्।
कुल दाबी रकम २२ अर्ब २५ करोड ६५ लाख ६ हजार रुपैयाँ पुगेको बीमा प्राधिकरणले जनाएको छ।
