काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुन प्रतितोला ९०० रुपैयाँ बढेर दुई लाख २१ हजार ७०० रुपैयाँ पुगेको जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख १७ हजार ८०० रुपैयाँमा किनबेच भएको थियो ।
आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँ बढेर रेकर्ड ब्रेक गरेको छ । चाँदी तोलाको २ हजार ६८० रुपैयाँमा कारोबार भइरहेको छ ।
