काठमाडौं । शेयरबजारमा मंगलबार पनि वृद्धि देखिएको छ । कारोबार मापक नेप्से परिसूचक ५८.६३ अंकले बढेर २,६८३.२५ विन्दुमा कायम भएको छ ।
कारोबार भएका २५२ कम्पनीमध्ये २३८ वटाको शेयरमूल्य बढेको छ । १४ कम्पनीका शेयरधनीले भने आज गुमाएका छन् ।
पाँच अर्ब २९ करोड २८ लाख रुपैयाँ बराबरको एक करोड १३ लाख ५३ हजार १४८ कित्ता शेयर किनबेच भएको छ ।
सूचीकृत १३ समूह नै बढेका छन् । सबैभन्दा धेरै निर्जीवन बीमा समूह ३.४८ प्रतिशत बढेको छ । त्यसपछि जलविद्युत समूह ३.३० प्रतिशत, विकास बैंक २.२९, होटल तथा पर्यटन २.७८, लघुवित्त २.५४, अन्य २.५१, जीवन बीमा २.३१, फाइनान्स २.१२, व्यापार १.८३, लगानी १.६६, बैंकिङ १.३८, उत्पादन तथा प्रशोधन १.१२ र म्युचुअल फण्ड ०.६३ प्रतिशत बढेको छ ।
विभिन्न सात वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सप्तकोशी डेभलपमेन्ट बैंक र जोशी हाइड्रोपार डेभलपमेन्ट कम्पनीको शेयरमूल्य १० प्रतिशत बढेको छ । यस्तै ग्रीन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनी, र एशियन हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशत बढेको छ ।
प्रभु स्मार्ट फण्डका इकाइधनीले सर्वाधिक ४.३० प्रतिशत गुमाएका छन् । सूचीकृत कम्पनीहरुमध्ये समृद्धि फाइनान्स कम्पनीको शेयरमूल्य सर्वाधिक १.३७ प्रतिशत घटेको छ ।
सबैभन्दा धेरै शेयरकारोबार नेपाल रिइन्स्योरेन्स कम्पनीको ३८ करोड ६८ लाख रुपैयाँ बराबरको भएको छ । त्यसपछि युनिभर्सल पावर कम्पनीको १८ करोड ३० लाख रुपैयाँको भएको छ ।
लगानीकर्ताको सम्पत्ति एक दिनमै ९८ करोड रुपैयाँ बढेको छ । बजार पुँजीकरण ४४ खर्ब ८४ करोड रुपैयाँ पुगेको छ । साधारण शेयरतर्फको बजार पुँजीकरण पनि ३२ अर्ब रुपैयाँ बढेर १५ खर्ब २२ अर्ब रुपैयाँ पुगेको छ ।
