बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकले नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट पाउने घएका छन् । बैंक र रिसोर्टबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
सम्झौताअनुसार रिसोर्टमा सेवा लिई एनआईसी एशियामार्फत डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट उपलब्ध हुनेछ । ग्राहकले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड प्रयोग र मोबैंक एपमार्फत भुक्तानी गर्दा छुट पाउने बैंकले जनाएको छ ।
रसोर्टसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
