बैंकको खबर । मञ्जुश्री फाइनान्स लिमिटेडले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । फाइनान्स सञ्चालक समितिको मंगलबार बसेको बैठकले आर्थिक वर्ष २०८१/८२सम्मको सञ्चित नाफाबाट नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
सञ्चालक समितिले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशत नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने निर्णय गरेको हो ।
फाइनान्सले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
