बैंकको खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा अधिक रहेको तरलता व्यवस्थापन गर्न ४ दिनका लागि ४० अर्ब रुपैयाँ निक्षेप संकलन गर्ने भएको छ ।
राष्ट्र बैंकले दशैं विदा अघि नै भुक्तानी हुनेगरी निक्षेप संकलन उपकरणमार्फत सो रकम तान्न लागेको हो । निक्षेपको साँवा तथा ब्याज भुक्तानी असोज १२ गते हुने केन्द्रीय बैंकले जनाएको छ ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेभित्र बोलकबोल प्रस्ताव पेश गर्नुपर्नेछ । यसरी प्रस्ताव गर्दा घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोडले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म गर्न सकिने केन्द्रीय बैंकले जनाएको छ ।
