काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायीम हासंघका अनुसार सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।
आज सुन तोलाको १३ सय रुपैयाँ बढेर तोलाको २ लाख २३ हजार रुपैयाँ पुगेको छ । यो मूल्य अहिलेसम्मको उच्च हो ।
यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले बढेर २७०० रुपैयाँ पुगेको छ ।
