बैंकको खबर । नारायणी डेभलपमेन्ट बैंक लिमिटेड हकप्रद शेयरमा आवेदन दिने म्याद थप गरेको छ । बैंकले असोज २ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको शत प्रतिशत हकप्रद शेयरमा अब कात्तिक ९ गतेसम्म आवेदन दिन सकिनेछ।
बैंकले २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्काशनमा ल्याएको छ।
हकप्रद शेयर निष्काशन प्रयोजनार्थ बैंकले भदौ ९ गते बुकक्लोज गरेको थियो। त्यसैले भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले हकप्रद शेयरका लागि आवेदन गर्न सक्नेछन् ।
बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।
हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ छ। हकप्रद निष्काशन तथा बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ।
