काठमाडौं । नेपाली बजारमा आज (असोज २२ गते बुधबार) पनि सुनको मूल्य बढेको छ । नेपाल
सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २६ सय रुपैयाँ बढेर तोलाको २ लाख ३८ हजारमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च मूल्य हो ।
हिजो मंगलबार सुन तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदी तोलाको ५ रुपैयाँ घटेर २९५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
