बैंकको खबर । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।
असोज २१ गते बसेको बैंक सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १०.५३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमध्ये ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश रहेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीमा वितरण हुनेछ ।
