बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई आँखा उपचार गर्दा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा किरण आँखा अस्पताल र बैंकबीच सम्झौता भएको छ ।
सम्झौतापछि बैंकका ग्राहकहरुले वीरगंजमा रहेको उक्त हस्पिटलमा आँखाउपचार गरी डिजिटल भुक्तानीगर्दा १० प्रतिशतसम्म छुट पाउने छन् ।
ग्राहकहरुले उक्त हस्पिटलमा ओपीडी, डाइगोनोस्टिक्स, सर्जरी, ब्रान्डेड अप्टिकल÷नन–ब्रान्डेड अप्टिकल सेवा लिँदा सो छुट पाउनेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्ने छ ।
यो हस्पिटलसँगको सहकार्यले ग्राहकहरुलाई आँखा उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
