काठमाडौँ । दशैँपछिको दुई कारोबार दिन उच्च अंकले घटेको शेयरबजार आज (बिहीबार) बढेको छ । नेप्से परिसूचक २२.५९ अंकले बढेर नेप्से २५८२.१८ विन्दुमा पुगेर रोकिएको छ ।
कारोबारको शुरुमै ४ प्रतिशतले बढेपछि २० मिनेट कारोबार रोकिएको नेप्से त्यसपछि भने घटेको थियो ।
राष्ट्रबैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाउने र बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरेपछि त्यसको सकारात्मक प्रभाव शेयर बजारमा परेको छ ।
आज ३१३ कम्पनिका एक करोड १८ लाख ३० हजार ७७ कित्ता शेयर ५ अर्ब २७ करोड ३२ लाख २१ हजार ४७९ मा कारोबार भएको थियो । आज ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर बढेको छ ।
