बैंकको खबर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंकको शेयरमूल्य समायोजन भएको छ। बैंकले शेयरधनीलाई ६ प्रतिशत बोनस शेयर वितरण गर्ने र त्यसका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो ।
समायोजनपछि बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा कायम भएको छ । नेप्सेले बुकक्लोज हुनुभन्दा अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा शेयरमूल्य समायोजन गरेको हो। बिहीबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
अब आइतबार समायोजन भएको मूल्यबाट कारोबार शुरु हुने छ । बैंकले कात्तिक १२ गते बुधबारका दिन काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा वार्षिक साधारणसभा डाकेको छ ।
सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित १४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
