काठमाडौं । नेपाली बजारमा आज (असोज २४ गते शुक्रबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ४२ सय रुपैयाँ घटेर २ लाख ३५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजो बिहीबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार २ सय रुपैयाँ थियो । जुन सुनको अहिलेसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ६० रुपैयाँले बढेर ३०८५ रुपैयाँमा कारोबार भइरहेको छ ।
