काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलाको २ हजार ९०० रुपैयाँ र चाँदी ६० रुपैयाँ घटेको छ ।
छापावाल सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले उल्लेख गरेको छ । हिजो सोमबार सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँ थियो ।
सोमबार चाँदीको मूल्य प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज ६० रुपैयाँ घटेर २ हजार ९२० रुपैयाँमा कायम भएको छ ।
