बैंकको खबर । गोर्खाज फाइनान्सको अध्यक्षमा कल्पना खापुङ नियुक्त भएकी छन् । फाइनान्सका अध्यक्ष गौरब बुढाथोकीले राजीनामा दिएपछि कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले खापुङलाई अध्यक्ष चयन गरेको हो ।
बुढाथोकीले व्यक्तिगत कारण भन्दै कात्तिक ९ गते अध्यक्ष पद र सञ्चालक समिति सदस्यबाट राजीनामा दिएका थिए । उनको राजीनामा कात्तिक ११ गते मंगलबार बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो । सञ्चालक समितिका अर्का सदस्य निलम बोहराले पनि पदबाट राजीनामा दिएपछि सञ्चालक समितिले उनको राजीनामा स्वीकृत गरेको फाइनान्सले जनाएको छ ।
