बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकहरुले कमलादी स्थित स्काइवाक टावरमा छुट पाउने भएका छन् । वन्डर्स नेपाल प्रालिद्वारा सञ्चालित सो टावरमा सेवा लिई डिजिटल भुक्तानी गर्दा २५ प्रतिशत छुट प्राप्त हुने बैंकले जनाएको छ ।
यस सम्बन्धमा कम्पनी र बैंकबीच सम्झौता भएको छ । सम्झौताअनुसार ग्राहकले एनआईसी एशियाको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ एप मार्फत भुक्तानी गरेमा सो छुट हुनेछ ।
कम्पनीसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
