काठमाडौं । सोल्टी होटलले आफ्ना शेयरधनीहरुलाई आकर्षक दरमा लाभांश वितरण गर्ने निर्णय गरेको छ । होटल सञ्चालक समितिको २०८२ कात्तिक ११ गते बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस शेयर र १६.५७८९४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
सञ्चालक समितिले प्रस्ताव गरेको सो लाभांश आगामी मंसिर २८ गते बस्ने वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीमा वितरण हुनेछ । सञ्चालक समितिले कम्पनीको ५१औँ वार्षिक साधारणसभा मंसिर २८ गते आइतबारका दिन त्रिभुवन आर्मी अफिसर्स क्लब सभामण्डप हल टुँडिखेलमा बिहान १० बजे बोलाउने निर्णय पनि गरेको छ ।
साधारणसभा र लाभांश वितरण प्रयोजनका लागि कम्पनीले मंसिर ५ गतेदेखि २८ गतेसम्म शेयर दाखिल खारेज दर्ता किताब (बुकक्लोज) बन्द गर्ने भएको छ ।
