काठमाडौँ । नेकपा एमालेका पूर्वसांसद एवम् व्यवसायी देवीप्रसाद भट्टचन मंगलबार साँझ पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रभु ग्रुपका अध्यक्षसमेत रहेका भट्टचनलाई ललितपुरबाट पक्राउ गरेको हो ।
सस्आईबीले भट्टचनलाई प्रभु ग्रुपसँग सम्बन्धित आर्थिक हिनामिनाको आरोपमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जनाएको छ ।
भट्टचनविस्द्ध प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले ९८ करोड रुपैयाँभन्दा बढी ठगी गरेको भन्दै एक वर्षअघि उजुरी दिएकी थिइन् ।
