काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज (२०८२ कात्तिक १२ गते) पनि घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेर २ लाख ३६ हजार ३ सय रुपैयाँ कायम भएको छ । मंगलबार सुन तोलाको २ लाख ३७ हजार रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी तोलाको ४५ रुपैयाँ बढेर २९६५ रुपैयाँ कायम भएको छ ।
