खबर संक्षेपमा
- शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रति तोला २ हजार ७ सय रुपैयाँले बढेको छ।
- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रति तोला २ लाख ३९ हजार रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य पनि प्रति तोला ८० रुपैयाँले बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ।
काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको भाउ बढेको छ । बिहीबारको तुलनामा आज प्रतितोला २ हजार ७ सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार सुनको मूल्य आज प्रतितोला मूल्य २ लाख ३९ हजार रुपैयाँ तय पुगेको छ ।
चाँदीको भाउ पनि प्रतितोला ८० रुपैयाँ बढेको छ । अघिल्लो दिन चाँदीको भाउ प्रतितोला २ हजार ९८० रुपैयाँ रहेकोमा आज बढेर ३ हजार ६० रुपैयाँ पुगेको छ ।
