बैंकको खबर । एनआईसी एशिया बैंकका ग्राहकले रुपन्देहीको देवदह मेडिकल कलेज एण्ड रिसर्च इन्स्टिच्युटमा उपचार गर्दा विशेष छुट पाउने भएका छन् । बैंकले छुट दिने सम्बन्धमा अस्पतालसँग सम्झौता भएको जनाएको छ ।
सम्झौताअनुसार ग्राहकले उक्त अस्पतालमा सेवा लिई एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड वा मोबाइल बैंकिङ मार्फत भुक्तानी गर्दा ५० प्रतिशतसम्म छुट पाउनेछन् ।
बैंकका अनुसार ओपीडी टिकेटमा ५० प्रतिशत, साधारण बेड चार्जमा मा २५ प्रतिशत, आईसीयू, एअआईसीयू, पीआईसीयू र सीसीयूमा १० प्रतिशत, सर्जिकल उपचारमा १५ प्रतिशत, प्याथोलेजिकल ल्याब शूल्कमा १५ प्रतिशत, रेडिओलोजिकल सेवामा १५ प्रतिशत (सीटी र एमआरआई बाहेक) र अन्य सेवाहरुमा १० प्रतिशत छुट सुविधा पाइनेछ ।
अस्पतालसँगको यस सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
