बैंकको खबर । आज (कात्तिक १६ गते, आइतबार) दुई वाणिज्य बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको शेयर आजसम्म खरिद गर्ने शेयरधनीले गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न लागेको लाभांश प्राप्त गर्न सक्नेछन् ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि यी दुई बैंकले भोली (कात्तिक १७ गते) एक दिनका लागि बुकक्लोज गर्दैछन् । त्यसैले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै यी दुई बैंकको साधारणसभामा सहभागिता जनाउन र त्यहाँबाट पारित भएको लाभांश प्राप्त गर्न सक्नेछन ।
सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। यो बैंकले चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव साधारणसभाबाट पारित गर्नेछ ।
सिटिजन्स बैंकले पनि चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभाबाट पारित गर्दैछ ।
