बैंकको खबर । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले आगामी मंसिर ६ गते आफ्नो २०औं वार्षिक साधारणसभा बोलाएको छ । सभा बिहान ११ बजे सुनसरी उद्योग वाणिज्य संघ, धरान–१, सुनसरीमा बस्नेछ।
साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरेको १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ । यस्तै साधारणसभाले लेखापरीक्षकको प्रतिवेदन, वित्तीय प्रतिवेदन र नगद प्रवाह प्रतिवेदनको अनुमोदन गर्नेछ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र सार्वजनिक शेयर होल्डिङ समूहबाट ३ जना सञ्चालक समितिको निर्वाचन पनि गर्नेछ ।
त्यसका अतिरिक्त, मितेरी विकास बैंकसँग गाभ्ने र प्राप्ति गर्ने उद्देश्यका लागि उपयुक्त बैंक तथा वित्तीय संस्थाहरूको पहिचान गर्ने कार्यसूची पनि रहेको छ।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि बैंकले कात्तिक २३ देखि मंसिर ६ गतेसम्म शेयरधनी दर्ता किताब बन्द (बुकक्लोज) गर्ने भएको छ । त्यसैले कात्तिक २२ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले साधारणसभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
