बैंकको खबर । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले २०८२र८३ को पहिलो त्रैमासिकमा २५ लाख ९५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा उल्लेख्य सुधार हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा लघुवित्त एक करोड २४ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीको ब्याज आम्दानी ७८.१९ ले बढेर ३ करोड ४६ लाख रुपैयाँ पुगेको छ, जसले नाफामा जान सहयोग गरेको छ ।
धौलागिरी लघुवित्तको ग्राहकबाट कुल निक्षेप ०.८७ प्रतिशतले बढेर ८६ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने लघुवित्त संस्था र सहकारीलाई प्रदान गरिएको ऋण र अग्रिम १.४२ प्रतिशत बढेर २ अर्ब २३ करोड रुपैयाँ पुगेको छ।
वार्षिक प्रति शेयर आम्दानी ३७.४७ रुपैयाँ ऋणात्मकबाट सुधार भएर ७.८० रुपैयाँ पुगेको छ। यस्तै, प्रति शेयर सम्पत्ति १.२८ प्रतिशतले बढेर १७१.७५ रुपैयाँ पुगेको छ भने मूल्यआम्दानी अनुपात १६४.६४ गुणा रहेको थियो।
