काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलाको ७ सय रुपैयाँ बढेर २ लाख ३९ हजार ७ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ३९ हजारमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । महासंघका अनुसार चाँदी तोलाको ५ रुपैयाँ घटेर ३०५५ रुपैयाँमा कारोबार भइरहेको छ ।
