बैंकको खबर । कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। बैंकले १९ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १२.९२ प्रतिशत बढी हो। गत वर्ष पहिलो त्रैमासमा बैंकले १७ करोड ४९ लाख रुपैयाँ कमाएको थियो ।
खुद ब्याज आम्दानीमा भएको वृद्धिको कारण बैंकको नाफा वृद्धि भएको देखिन्छ । बैंकको खुद ब्याज आम्दानी १९.०६ प्रतिशत र खुद फि तथा कमिशन आम्दानी १२.२० प्रतिशत बढेको छ। यस्तै, सञ्चालन मुनाफा १०.८६ प्रतिशत बढेको छ।
नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ। पहिलो त्रैमासमा वितरणयोग्य मुनाफा ३५.५६ प्रतिशत घटेर ३ करोड ४५ लाख रुपैयाँ कायम भएको छ ।
बैंकको निष्क्रिय कर्जा भने ३.९६ प्रतिशतबाट बढेर ४.४१ प्रतिशत पुगेको छ, जसले गर्दा इम्पेरमेन्ट चार्ज ४ करोड ८७ लाख रुपैयाँबाट बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको छ।
यस्तै, बैंकको प्रतिशेयर आम्दानी ५३ पैसा वृद्धि भई २० रुपैयाँ ४६ पैसा पुगेको छ । यस्तै, बैंकको मूल्य आम्दानी अनुपात २०.१८ गुणा र प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ३१ पैसा रहेको छ।
बैंकको चुक्ता पूँजी ३ अर्ब ८६ करोड १९ लाख रुपैयाँ रहेको छ र जगेडा कोषमा २ अर्ब २ करोड ३ लाख रुपैयाँ सञ्चित छ। यसैगरी, बैंकले ६३ अर्ब ४ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ र ५१ अर्ब ४४ करोड ९० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ।
