बैंकको खबर । आरएसडिसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशित गरेको छ ।
विवरणअनुसार लघुवित्तको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा १९.१२ प्रतिशत घटेको छ। यस अवधिमा लघुवित्तले २ करोड ११ लाख रुपैयाँ नाफा कमाएको छ, जबकि अघिल्लो वर्ष २ करोड ६० लाख रुपैयाँ थियो।
नाफा घट्ने मुख्य कारण खुद ब्याज आम्दानीमा ३०.०४ प्रतिशत गिरावट आउनु र फि तथा कमिशन आम्दानीमा पनि ४१.२८ प्रतिशतले कमी आउनु रहेको देखिन्छ ।
यो अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ८.१६ रुपैयाँ छ। यस्तै, मूल्य आम्दानी अनुपात ७३.०६ गुणा र प्रतिशेयर नेटवर्थ १२८ रुपैयाँ ४ पैसा रहेको छ।
१ अर्ब ३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी भएको लघुवित्तको जगेडा कोषमा २८ करोड ९९ लाख रुपैयाँ रहेको छ।
लघुवित्तको वितरणयोग्य मुनाफा ९ करोड ९३ लाख रुपैयाँ रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ३८ रुपैयाँ ४३ पैसा रहेको छ।
लघुवित्तको हालसम्मको कुल कर्जा लगानी ५ अर्ब ५७ करोड ७० लाख रुपैयाँ रहेको छ । यस्तै लघुवित्तले लिएको कुल सापटी ५ अर्ब १५ करोड ५७ लाख रुपैयाँ छ ।
