बैंकको खबर । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् ।
कात्तिक १७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले शाक्यलाई आगामी चार वर्षका लागि नियुक्त गरेको हो । सञ्चालक समितिले शाक्यसँगको सम्झौताबमोजिम आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्ने र सोको जानकारी गराइने निर्णय पनि गरेको छ ।

