काठमाडौँ । नेपाल राष्ट्र बैंकको प्रवक्तामा गुरुप्रसाद पौडेल नियुक्त भएका छन् । मानव संशाधन व्यवस्थापन विभागका प्रमुख कार्यकारी निर्देशक पौडेलले बुधबारदेखि लागू हुनेगरी प्रवक्ताको जिम्मेवारी पाएका हुन् ।
राष्ट्र बैंकमा मंगलबार ११ जना कार्यकारी निर्देशकको सरुवा भएको छ । त्यससँगै बुधबार प्रवक्ता पनि फेरिएका हुन् ।
यसअघि प्रवक्ताको जिम्मेवारीमा कार्यकारी निर्देशक किरण पण्डित थिए । पण्डित अहिले विदेशी विनिमय व्यवस्थापन विभागमा सरुवा भएका छन् ।
